वाम गठबन्धनका दुवै संसदीय दलको संयुक्त बैठक सम्पन्न,प्रधानमन्त्रीको पक्षमा मतदान गर्न निर्देशन

299
  •  
  •  
  •  

काठमाडौं, २७ फागुन (ओएनएस) : वाम गठबन्धन नेकपा एमाले र नेकपा (माओवादी केन्द्र)काे संयुक्त रुपमा बसेकाे संसदीय दलको बैठक सम्पन्न भएकाे छ।

संयुक्त बैठकमा व्यवस्थापिका संसदको अाज बस्ने बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीको पक्षमा मतदान गर्न आफ्ना सांसदहरूलाई निर्देशन दिएका छन् । प्रधानमन्त्री ओलीले आज संसदबाट विश्वासको मत लिँदैछन् ।

संसद बैठक शुरु हुनुअघि बसेको एमाले-माओवादी संसदीय दलको संयुक्त बैठकबाट यस्तो निर्देशन दिइएको एमाले सचिव योगेश भट्टराईले जानकारी दिएका छन् ।


  •  
  •  
  •