माओवादी केन्द्रको केन्द्रीय कार्यालयको विस्तारित बैठक सुरु, पार्टी एकताबारे छलफल

175
  •  
  •  
  •  

काठमाडौं, ९ वैशाख (ओएनएस): नेकपा माओवादी केन्द्रको केन्द्रीय कार्यालयको विस्तारित बैठक सुरु भएको छ । अध्यक्ष निवास खुमलटारमा बिहान ७ बजेबाट सुरु भएको बैठकमा पार्टी एकता र समसामयिक राजनीतिक विषयका बारेमा छलफल भईरहेको छ ।

नेकपा (माओवादी केन्द्र) अध्यक्ष प्रचण्ड र नेकपा (एमाले) अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीका बीच केही दिनदेखि जारी बैठकमा भएका प्रगतिका बारेमा अध्यक्ष प्रचण्डले बैठकमा सहभागी सदस्यहरुलाई जानकारी गराउन लागेका छन‍् ।

 


  •  
  •  
  •