पार्टी एकता संयोजन समितिको बैठक बालुवाटारमा चल्दै

272
  •  
  •  
  •  

काठमाडौं, २२ चैत (ओएनएस) : पार्टी एकता संयोजन समितिको बैठक बालुवाटारमा चलिरहेकाे छ। वाम एकताका लागि पार्टी एकता संयोजन समितिको बैठक अहिले बसिरहेको हाे। प्रधानमन्त्री निवास बालुवाटारमा बसिरहेको बैठकमा २ कार्यदलले पेश गरेको प्रतिवेदन तथा एकताका सम्बन्धमा सुल्झाउन बाँकी रहेका विषयमा छलफल भइरहेको छ। बैठक बिहान ९ बजेबाट सुरु भएको हाे।

प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमणअघि एकता प्रक्रियामा बाँकी रहेका मतभेदहरुलाई सुल्झाउने प्रयासस्वरुप एकता संयोजन समितिको बैठक बसिरहेको एकता संयोजन समिति एक सदस्यले बताए।

यसअघि कम्युनिष्ट पार्टीको स्थापना दिवशको अवसरमा आगामि बैशाख ९ गते पार्टी एकता गर्न दुवै पार्टी सहमत भएका छन्।


  •  
  •  
  •