प्रतिनिधिसभा बैठक बस्दै, शीर्ष नेताहरुले सम्वोधन गर्ने

414
  •  
  •  
  •  

काठमाडौं, २२ फागुन (अाेएनएस) : प्रतिनिधिसभाको बैठक आज पनि बस्न लागेको छ। बिहान ११ बजे बैठक बोलाइएको हो।

सोमबारदेखि अधिवेशन सुरु भएको बैठकमा आज प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने राष्ट्रिय दलका संसदीय दलका नेता तथा अन्य स्वतन्त्र सांसद्ले सम्वोधन गर्नेछन्।अधिवेशन सुरु भएकै दिन सम्वोधन गर्ने प्रचलन भए पनि समय अभावका कारण सम्वोधनको समय मंगलबारका लागि तोकिएको हो।

कांग्रेसका तर्फबाट शेरबहादुर देउवा, माओवादी केन्द्रका तर्फबाट पुष्पकमल दाहाल प्रचण्ड लगायतका शिर्ष नेताहरुले सम्वोधन गर्नेछन्।

त्यस्तै संघीय समाजवादी फोरम नेपालका उपेन्द्र यादव र राजपाका तर्फबाट अध्यक्ष मण्डलका एक शीर्ष नेताले सम्वोधन गर्नेछन्। एमाले संसदीय दलका नेता एवं प्रधानमन्त्री केपी शर्मा ओलीले भने बैठकमा सम्वोधन नगर्ने एमाले अध्यक्षको सचिवालयले जनाएको छ।


  •  
  •  
  •