बैठक बहिष्कारको चेतावनीपछि काँग्रेसमा भयाे यस्ताे उथलपुथल,’दशैं अघि बैठक बस्न सम्भव छैन’

343
  •  
  •  
  •  

काठमाडौं, २४ असाेज (अाेएनएस) : नेपाली काँग्रेसको केन्द्रीय कार्यसमितिकाे बालाइएकाे बैठक अनिश्चितकालका लागि स्थगित भएको छ । पार्टीका अधिकांश नेताहरुले बैठक बहिस्कार गर्ने चेतावनी दिएपछि बैठक अनिश्चितककालका लागि स्थगित भएको हो ।

काँग्रेसले पार्टीको विधान र भातृ संगठन नेविसंघको विधानबारे छलफल गर्न असोज २५ गतेलाई बैठक बोलाएपछि पार्टीका अधिकांश नेताहरुले बैठक बहिस्कार गर्ने चेतावनी दिएपछि केन्द्रीय कार्यसमिति बैठक अनिश्चितकालका लागि स्थगित गर्दै पछि हटेकाे हाे।

‘अर्को बैठकको समय निश्चित त भइसकेको छैन, सायद अब दशैं अघि बैठक बस्न सम्भव छैन’ पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले भने, ‘छलफल गरेर दशैलगत्तै बैठक राखिन्छ । यद्यपी काँग्रेसले औपचारिक रुपमा बैठक स्थगित गरेको घोषणा भने गरिसकेको छैन ।

यसअघि आइतबार बसेको काँग्रेस केन्द्रीय कार्यसमितिको बैठकले भातृ संस्था नेविसंघको विधानमा ३२ वर्षे हदम्याद कायम गर्ने निर्णय पारित गरेपछि पार्टीका नेताहरु रामचन्द्र पौडेल, प्रकाशमान सिंह, अर्जुननरसिंह केसी र कृष्ण सिटौलाले निर्णयमा असहमति जनाउदै ‘नोट अफ डिसेन्ट’ लेखेका थिए ।


  •  
  •  
  •