बैसाख ९ गते पार्टी एकता गर्ने निर्णय भएको छैन : एमाले उपाध्यक्ष रावल

270
  •  
  •  
  •  

काठमाडौं, २९ चैत (अाेएनएस) : नेकपा (एमाले) का उपाध्यक्ष भीम रावलले बैसाख ९ गते पार्टी एकता गर्ने औपचारिक निर्णय नभएको बताएका छन्।

उनले एमाले माओवादीबीच पार्टी एकता गर्ने विषयमा नेतृत्वको व्यवस्थापन गर्न छलफल बाँकी रहेकोले औपचारिक निर्णय नभएको बताए।

काठमाडाैँमा आयोजित एक कार्यक्रममा उनले पार्टी एकता गर्ने सम्बन्धमा सबै कुरा टुङ्गिसकेको बताउँदै अब नेतृत्वको विषयमा छलफल हुन मात्र बाँकी रहेको स्पष्ट पारे।

दुई पार्टीका कार्यदलले बुझाएको प्रतिवेदनलाई एकता संयोजन समितिले निर्णय गरेपछि पार्टी एकताको मिति घोषणा गरिने उनको भनाइ छ। उनले भने.’ अब नेतृत्वको विषयमा छलफल गर्न बाँकी रहेकोले नै बैठक लम्बिएकाे हाे, बैसाख ९ गते पार्टी एकता गर्ने बारे औपचारिक निर्णय भएकाे छैन्।’

 


  •  
  •  
  •