सानिमाले ल्यायो नेपाली भाषामा मोबाइल बैंकिङ एप

341
  •  
  •  
  •  

image002(2)काठमाडौं, १६ मंसिर (ओएनएस) : सानिमा बैंकले नेपालमै पहिलो पटक नेपाली भाषामा मोबाइल  बैंकिङ एप ल्याएको छ ।

सर्वसाधरणहरुले अझ राम्रोसँग मोबाइलबाट बैंकिङ  कारोवार गर्न सकुन् भन्ने उद्देश्यले  यो एप ल्याएको बैंक्ले जानकारी दिएको छ । मोबाइल बैंकिङबाट ग्राहकहरुले ब्यालेन्स सोधपुछ, ट्रान्जेक्सन अलर्ट, फन्ड ट्रान्सफर, मोबाइल रिर्चाजलगायत अन्य सेवाप्रदायीहरुको बिल भुक्तानी गर्न सक्नेछन ।

मोबाइल बैंकिङ् एपबाट सिधै  बैंकका शाखाहरुमा सम्र्पक गर्न सकिने बताइएको  छ ।

साथै सानिमा डेबिट कार्डका ग्राहकहरुले सानिमा एसएमएस सेवाका लागि सिधै मोबाइलबाट नै दर्ता गर्न मिल्ने ब्यवस्था मिलाइएकोे छ । उक्त एप्लिकेसन र्सवसाधरणहरुले प्लेस्टोर वा एप स्टोेरबाट डाउनलोड गर्न सक्ने बैंकले जानकारी दिएको छ ।


  •  
  •  
  •