‘विप्लप समूह वाम होइन दक्षिणपन्थी हो’ : बैद्य

575
  •  
  •  
  •  

नेपालगञ्ज , १८ मंसिर (ओएनएस)  : नेकपा–माओवादीका अध्यक्ष मोहन बैद्यले विप्लव समूह दक्षिणपन्थी भएको आरोप लगाएका छन् । बैद्य समूहबाट अलग हुँदै नेकपा माओवादी गठन गरेका नेत्रबिक्रम चन्द विप्लव  दक्षिणपन्थी भएको उनले नेपालगञ्जमा बिहिबार भएको पत्रकारसम्मेलनमा आरोप लगाएका हुन् ।

उनले भने ‘ वामजस्तो देखिए पनि सारमा विप्लव समूह दक्षिणपन्थी हो । ’ उनले संविधानसभा विघटन र सर्वपक्षीय अधिकार सम्पन्न सभाको माग अहिले पनि यथावत् रहेको भन्दै बताएका बैदले वर्तमान संविधानसभा विघटन गरी सर्वस्वीकार्य सभाबाट मात्रै जनसंविधान बन्न सक्ने ठोकुवा गरे । कांग्रेस, एमाले, एमाओवादी, सरकार र माओवादीबीच सहमति नबनी बोलाइने सभाको अर्थ नरहेको उनको भनाइ छ ।

उनले जनवाद स्वीकारे एकीकृत माओदीसँग एकता हुन सक्ने बताए । एकताका लागि माओवाद मान्ने सवाल, संसदीय भासबाट पार्टीलाई बचाउने, नयाँ जनवादलाई स्वीकार गर्ने, जनवादी केन्द्रीयतालाई अवलम्बन गर्ने र सशक्त संघर्ष गर्ने प्रस्ताव गरिए पनि एकीकृत माओवादीले नमानेकाले एकता हुन नसकेको स्पष्ट पारे ।

कम्युनिस्ट पार्टीबीचको फुटले आफूलाई अत्यन्त दुःखित बनाएको बताउँदै सच्चा क्रान्तिकारीबीचको एकताले मात्र मुलुकको समस्या समाधान गर्ने उनले जिकिर गरे ।


  •  
  •  
  •