भ्रष्टाचारी, दलाल र कालाबजारीबिरुद्ध जनकारवाहि चलाउनुपर्छ : मोहन बैद्य

546
  •  
  •  
  •  

Communist_Party_of_Nepal_(Maoist)काठमाडौं, २० माघ (ओएनएस) :  समाजमा विसंगति बढ्दै गएको भन्दै नेकपा–माओवादीका अध्यक्षले मोहन बैद्यले जनकारवाहि अभियान चलाउनुपर्ने बताएका छन् ।

पार्टीको केन्द्रीय समितिको मंगलबारको बैठकमा वैद्यले विगसंतिबिरुद्ध जनकारवाहि चलाउनु पर्ने प्रस्ताव राखेको एक केन्द्रीय सदस्यले जानकारी दिए ।

उक्त प्रस्तावमा बुधबारबाट छलफल हुनेछ । जनकारवाहि भ्रष्टाचारी, दलाल र कालावाजरीमाथि गर्न वैद्यले प्रस्ताव गरेको प्रवक्ता पम्फा भुसालले पुष्टि गरेकी छिन् ।

भुषालका अनुसार अबको आन्दोलन दलाल र भ्रष्टाचारीलाई कारवाहि गरेर गर्ने अध्यक्ष वैद्यले प्रस्ताव गरेका थिए ।

त्यसपछि जनसावलका विषयमा आन्दोलन गर्ने भुषासले जनाईन् । जनकारवाहि गर्नको लागि आगामी फागुन १ देखि चैत २४ सम्म पार्टीका कार्यकर्ता परिचाल गर्दै अभियान चलाउने प्रस्ताव गरिएको छ ।


  •  
  •  
  •