कांग्रेस र एमालेले ४० बुँदे बेलाको जस्तो भुल गरिरहेका छन् : बैद्य

175
  •  
  •  
  •  

mohan-baidhyaकाठमाडौ, १४ फागुन (ओएनएस) : नेकपा–माओवादीका अध्यक्ष मोहन बैद्य किरणले नेपाली कांग्रेस र नेकपा एमालेले तत्कालिन जनमोर्चाका तर्फबाट डा. बाबुराम भट्टराईले ४० बुँदे माग बुझाउँदा केही हुँदैन भनेर बेवास्ता गर्दा १० बुँदे जन विद्रोह भएको स्मरण गर्दै अहिले पनि त्यस्तै भुल गरिरहेको दावी गरेका छन ।

नेपाल दलित मुक्ती मोर्चाले बिहीबार रिपोर्टर्स क्लब नेपालमा आयोजना गरेको बर्तमान राजनीतिक अवस्था, नयाँ संविधान र दलित मुद्दा विषयक अन्र्तक्रिया कार्यक्रममा बोल्दै अग्रगमनकारीको तत्कालिन पराजयलाई कमजोरी ठानि काग्रेस र एमालेले अर्को क्रान्तिको विजारोपण गरिरहेको आरोप लगाए ।

उनले भने–हिजो राजतन्त्रले कु गर्दा कांग्रेस र एमालेलाई माओवादी चाहियो, तर अहिले सत्तामा पुगेपछि उनीहरुको आँखा पछाडी पुगेको छ । उनीहरु अहिले पनि नसुध्रिए राजतन्त्रको जस्तै हालत हुन्छ । यद्यपि उनले अहिले आफूहरु यूद्धको पक्षमा नरहेको भन्दै शान्ति पूर्ण रुपमा समस्याको समाधान खोज्न आग्रह गरे ।

बैद्यले एमाओवादी नेतृत्वको मोर्चाले थालेको आन्दोलनमा सक्रिय समर्थन रहेको बताउँदै तत्काल बार्ताबाट समस्याको समाधान ननिस्कने भएकोले एमाओवादीसहितका दलहरुलाई संविधान छाडेर सडकमा आउन आब्हान गरे ।

आफूहरुले संविधानसभाले जनसंविधान दिन नसक्ने भएकोले पटक पटक अधिकार सम्पन्न राष्ट्रिय राजनीतिक सभाको माग गरे पनि काग्रेस र एमाले गंभिर रुपमा नलिएको उल्लेख गर्दै सोही कारणले अहिलेको जटिल सक्रमणमा फसेको टिप्पणी गरे ।

उनले राजनीतिक क्रान्ति पुरा भई नसकेकोले क्रान्तिलाई पुरा गर्न सबै माओवादी पार्टीहरु एक हुनु पर्ने आवश्यकता औल्याउँदै सबैले आ आफ्नो गल्ती स्विकारेर एक ठाँउमा आउनु पर्ने बताए ।

बैद्यले भने– प्रचण्डले जनमुक्ती सेना छाड्नु नै गल्ती भएको भनेर बेला बेलामा स्विकार्नु भएको छ । साचो अर्थमा हृदयबाट गल्ती स्विकार्नु पर्छ । त्यसो गरियो भने साचो अर्थमा मजदुर, दलित, आदीबासी जनजाति, पछाडिपारिएका सबै समूदायको अधिकार सुनिश्चित हुन्छ । नभए काग्रेस एमालेले बहुमतको दम्भमा संविधान लेख्छन ।

उनले बहुमतको बलमा संविधान लेखिए पनि त्यो टिकाउन नहुने दावी गर्दै राष्ट्रिय राजनीतिक सभाबाटै सहमतिमा निकास खोज्न आग्रह गरे ।

उनले आन्दोलनकारी शक्तिलाई बाहिर राखेर संविधान जारी गर्न नसक्ने दावी गर्दै संविधानसभा विघठन नगरे अग्रगमन र पश्चगमनकारीहरुवीचको ठूलो द्धन्दबाटै समाधान निष्कने ठोकुवा गरे ।

अन्र्तक्रियामा नेपाल राष्ट्रिय दलित मुक्ती मोर्चाका उपाध्यक्ष खिमबहादुर विश्वकर्माले अध्यक्ष परशुराम रम्तेलले प्रस्तुत गरेको कार्यपत्रमा टिप्पणी गर्दै आफूहरुको आन्दोलन असफल हुनुको पछि के कारण लुकेको छ भन्ने विषयमा नेतृत्वले गंभिर समिक्षा गर्नु आवश्यक रहेको सुझाव दिदै पार्टी नेतृत्वले समग्र विषयमा ठोस कार्यदिशा बनाएर अघि बढ्नु पर्ने आवश्यकता दिए ।

उनले भने–बार्ता र सहमतिबाट निकास खोज्ने हो भने त्यसै अनुसार अघि बढौ, होईन भने एकीकृत आन्दोलनमा उत्रिऔ । ढुलमुले नीति नअपनाऔ । जनताको संविधान बनाउने कुरामा अब एकीकृत आन्दोलनकै आवश्यकता छ ।

उनले आफ्नै पार्टीभित्र अझै छुवाछुत कायम रहेको बेला अरुलाई आरोप लगाउनुको अर्थ नभएको समेत स्पष्ट पारे ।

अध्यक्ष रम्तेलले ६०१ सभासदहरु मुलुकको प्राकृतिक स्रोत साधन विदेशीलाई बेच्न ल्याप्चे लगाउन मात्रै संविधानसभामा गएको भन्दै राजनीतिक परिस्थिति नसुल्झिएसम्म दलितका मुद्दाहरु संबोधन हुन नसक्ने बताए ।

कार्यपत्रमा उनले संविधान सहमतिको दस्तावेज भए पनि संविधानसभा द्धन्दबाट जन्मीएकोले समस्या उत्पन्न भएको भन्दै राजनीतिक सम्मेलनबाट सहमति गरेर अघि बढ्नु पर्ने सुझाव दिएका छन ।


  •  
  •  
  •