वैदेशिक रोजगार प्रर्वद्धन बोर्डद्वारा ३१ जनाकाे आवेदन स्वीकृत (नामसहित)

545
  •  
  •  
  •  

काठमाडौं, २४ फागुन (ओएनएस) : वैदेशिक रोजगार प्रर्वद्धन बोर्डद्वारा ३१ जनाकाे आवेदन स्वीकृत गरेकाे छ।

स्टाफ नर्स, इन्जिनियरिङ र बाली विज्ञान पढ्न बोर्डमा ४४ जनाले आवेदन दिएका थिए जसमध्ये ३१ जनाकाे आवेदन स्वीकृत गरिएकाे छ भने बाँकीकाे अस्वीकृत गरिएकाे बाेर्डले जनाएकाे छ। आवेदन स्वीकृत भएकाको अावेदन कर्ताहरुकाे प्रवेश परीक्षा फागुन २६ गते हुनेछ ।

बोर्डले स्टाफ नर्स, इन्जिनियरिङ र बाली विज्ञान विषयमा १२० जना विद्यार्थीलाई छात्रवृत्ति दिने भएको थियो । तर तोकिएभन्दा कम आवेदन परेको हुनाले जाे छात्रवृत्तिकाे लागि याेग्य थियाे त्यसलार्इ छानिएकाे बाेर्डले जनाएकाे छ।

वैदेशिक रोजगारीका सिलसिलामा मृत्यु, अंगभंग वा गम्भीर विरामी भएका कामदारको परिवारका सदस्यलाई पेशागत तालिम तथा प्राविधिक शिक्षामा छात्रवृत्ति पाउँछन् ।

आवेदन स्वीकृत गरिएकाहरुकाे नामावली


  •  
  •  
  •