पीडितको उजुरी विभागले नै लेखिदिने

100
  •  
  •  
  •  

काठमाडौं, ३० वैशाख(ओएनएस) : वैदेशिक रोजगार विभागले वैदेशिक रोजगारमा दुःख पाएर फर्किएका पीडितका उजुरी आफैले निःशुल्क लेखिदिन थालेको छ ।

उजुरी दिन कार्यालयमा आएकाहरुबाट निवेदन लेखिदिनेहरुले मनपरी शुल्क लिएको गुनासो बढ्न थालेपछि विभागले आफैं निवेदन लेखिदिन शुरु गरेको हो ।

विभागका सूचना अधिकारी भोलानाथ गुरागाईंका अनुसार पीडित अब व्यक्तिगत उजुरी दिनुपर्ने भए मुद्दा तथा अनुसन्धान शाखाबाट र संस्थागत उजुरी संस्थागत शाखाबाट उजुरी लेखाउन सकिनेछ ।

उजुरी लेखाउने नाममा भइरहेको ठगी रोकिने र उजुरी लेख्न अहिले भइरहेको खर्च जोगिने विभागको भनाई छ । उजुरी लेख्न बिचौलियाहरुले अहिले सेवाग्राहीहरुसँग दुईदेखि पाँच हजार रुपैयाँसम्म लिने गरेका छन् ।


  •  
  •  
  •