वैदेशिक रोजगारी सुरक्षित गर्न दूतावासहरु परिचालन गरिने

79
  •  
  •  
  •  

काठमाडौं । सरकारले वैदेशिक रोजगारलाई सुरक्षित गर्न विदेशस्थित नेपाली नियोगको प्रभावकारी परिचालन गर्ने भएकाे छ । बजेट सार्वजनिक गर्दै अर्थमन्त्री विष्णु पौडेलले  कामदारले विद्युतीय माध्यम (मोबाइल वालेट) बाट रेमिट्यान्स पठाई मुद्धति खातामा जम्मा गरे थप १ प्रतिशत ब्याज अनुदान दिने घोषणा गरे ।

अध्यादेशमार्फत आएको आगामी आर्थिक वर्ष २०७८/७९ को बजेटमा वैदेशिक रोजगारी मार्फत आउने विप्रेषण रकम उत्पादनमुलक क्षेत्रमा लगानी गर्न प्रोत्साहन गर्न सरकारले उक्त व्यवस्था गरेको हो ।

वालेटमार्फत रेमिट्यान्स पठाउन सक्ने व्यवस्था गरिने र बैंकिङ प्रणलिमार्फत प्राप्त हुने विप्रेषणलाई मुद्धति खातामा जम्मा गरे थप १ प्रतिशत ब्याज पाइने व्यवस्था गरिने बताए । नयाँ व्यवस्था आगामी आर्थिक वर्षबाट मात्र कार्यान्वयनमा आउने छ ।


  •  
  •  
  •