भैरहवामा वैदेशिक रोजगार व्यवस्थापन कार्यालय

67
  •  
  •  
  •  

काठमाडौं । भैरहवामा वैदेशिक रोजगार व्यवस्थापन शाखा सञ्चालनमा आएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री कृष्णकुमार श्रेष्ठले रूपन्देहीको भैरहवामा वैदेशिक रोजगार व्यवस्थापन शाखा उद्घाटन गरेका छन् । मन्त्री श्रेष्ठले बुधबार भैरहवामा उक्त कार्यालय सञ्चालनको शुरूवात गरे ।

मन्त्री श्रेष्ठले हालै रूपन्देहीको भैरहवामा सञ्चालनमा आएको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल वैदेशिक रोजगार व्यवसायीको सहयोग बिना सञ्चालनमा आउन समस्या हुने भन्दै सकेसम्म उक्त विमानस्थलबाट कामदार उडाएर सहयोग गर्न व्यवसायीहरूलाई आग्रह गरेका थिए ।


  •  
  •  
  •