अब विभागको वेवसाइटबाटै नयाँ डिमाण्ड हेर्न सकिने

1776
  •  
  •  
  •  

काठमाडौं । अब रोजगारीका निम्ति विदेश जानका लागि डिमाण्ड खोज्न म्यानपावर धाउनु नपर्ने भएको छ । वैदेशिक रोजगार विभागको वेवसाइट मार्फत वैदेशिक रोजगारको डिमाण्ड हेर्न सकिने भएको हो ।

त्यसका लागि विभागको वेवसाइटमा https://foreignjob.dofe.gov.np गएर काम गर्ने देश र कम्पनि, गर्नुपर्ने काम, खाने बस्ने व्यवस्था छ वा छैन, पाउने तलव, गर्नुपर्ने काम तथा पद, डिमाण्ड आएको म्यानपावर तथा लाग्ने लागत लगायतका कुराहरु आफै हेर्न सकिनेछ ।

 


  •  
  •  
  •