औद्योगिक क्षेत्रमा ४८ प्रतिशत वैदेशिक लगानी

60
  •  
  •  
  •  

काठमाडौं । नेपालमा प्रत्यक्ष वैदेशिक लगानीमध्ये ५१.१ प्रतिशत सेवा क्षेत्रमा रहेको पाइएको छ भने  औद्योगिक क्षेत्रमा ४८ प्रतिशत वैदेशिक लगानी रहेकाे छ । नेपाल राष्ट्र बैंकले हालै प्रकाशित गरेको प्रत्यक्ष वैदेशिक लगानीसम्बन्धी सर्वेक्षण प्रतिवेदन, २०७५/७६ अनुसार सेवा क्षेत्रअन्र्तगत कुल प्रत्यक्ष वैदेशिक लगानीमध्ये २७.४ प्रतिशत बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीहरूमा रहेको देखिएको छ । त्यसै गरी, औद्योगिक क्षेत्रअन्र्तगत उत्पादन क्षेत्रमा २८.६ प्रतिशत र जलविद्युत क्षेत्रमा २०.० प्रतिशत वैदेशिक लगानी रहेको देखिएको छ ।

प्रत्यक्ष वैदेशिक लगानीसम्बन्धी आवश्यक तथ्याङ्क सङ्कलन गरी यस्तो लगानीको क्षेत्रगत अवस्था एवम् प्रवृत्ति विश्लेषणका आधारमा आवश्यक नीति निर्माणमा सहयोग पु¥याउने उद्देश्यले आर्थिक अनुसन्धान विभागले प्रत्यक्ष वैदेशिक लगानीसम्बन्धी स्थलगत सर्वेक्षण सम्पन्न गरी प्रतिवेदन प्रकाशन गर्दै आएको छ ।

आर्थिक वर्ष २०७५/७६ मा नेपालमा प्रत्यक्ष वैदेशिक लगानीमा सञ्चालित कम्पनीहरूमध्ये कुल
१५३ वटा कम्पनीको नमूना छनौट गरी सर्वेक्षणबाट प्राप्त तथ्याङ्क विश्लेषणका आधारमा प्रत्यक्ष
‘वैदेशिक लगानीसम्बन्धी सर्वेक्षण प्रतिवेदन, २०७५/७६’ तयार पारिएको हो ।

सर्वेक्षणबाट प्राप्त नतिजाअनुसार नेपालमा आर्थिक वर्ष २०७५/७६ को अन्त्यसम्ममा कुल
प्रत्यक्ष वैदेशिक लगानी ८.८ प्रतिशतले कमी आई रु. १८२ अर्ब ९२ करोड कायम रहेको छ ।
कुल वैदेशिक लगानीमध्ये चुक्ता पुँजीको अंश ४८.२ प्रतिशत, रिजर्भ ४२.८ प्रतिशत र कर्जाको
अंश ९.० प्रतिशत रहेको छ । रिजर्भको अंश २७.० प्रतिशतले घटेकोले कुल प्रत्यक्ष वैदेशिक
लगानीमा कमी आएको हो ।

त्यसै गरी, २०७६ असार मसान्तसम्ममा नेपालमा ५३ देशहरूको प्रत्यक्ष वैदेशिक लगानी रहेको
छ । जसमध्ये, भारतबाट सबैभन्दा बढी अर्थात् रु.५६ अर्ब ५ करोड र त्यसपछि क्रमशः चीनबाट रु.२७ अर्ब ५६ करोड, सेन्ट किष्टस एण्ड नेभिसबाट रु.२४ अर्ब ९४ करोड, आयरल्याण्डबाट रु.११ अर्ब ५९ करोड र सिङ्गापुरबाट रु.८ अर्ब ७३ करोड प्रत्यक्ष वैदेशिक लगानी रहेको देखिन्छ ।
नेपालमा आएको प्रत्यक्ष वैदेशिक लगानीमध्ये ५१.१ प्रतिशत सेवा क्षेत्रमा र ४८.८ प्रतिशत
औद्योगिक क्षेत्रमा लगानी रहेको देखिन्छ ।


  •  
  •  
  •