वैदेशिक रोजगारमा जाने बढे

107
  •  
  •  
  •  


काठमाडौं । कोरोना महामारीकाबीच सुस्ताएको वैदेशिक रोजगारीमा जानेको संख्या पुनः बढ्न थालेको पाइएको छ । नेपालमा राष्ट्र बैंकका अनुसार चालू आर्थिक वर्षको दुई महिनाको अवधिमा ६१ हजार नेपाली कामदारले वैदेशिक रोजगारीमा जानका लागि श्रम स्वीकृति लिएका छन् । राष्ट्र बैंकद्वारा जारी प्रतिवेदनमा संस्थागत अर्थात म्यानपावर कम्पनीमार्फत व्यक्तिगत–नयाँ र वैधानिकीकरण भई अन्तिम श्रम स्वीकृति लिने नेपालीको संख्या ३८ हजार ४ सय ९२ र पुनः श्रम स्वीकृति लिने नेपाली कामदारको संख्या २२ हजार ९ सय ७६ पुगेको बताएको छ ।

अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या क्रमशः ९९.२ र ८६.५ प्रतिशतले घटेको भन्दै बैंकले हाल संस्थागत तथा पुनः श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा जाने क्रममा उल्लेख्य रुपमा वृद्धि भएको बताएको छ ।


  •  
  •  
  •