गत आर्थिक वर्ष ४३१ वटा वैदेशिक रोजगारी ठगीका उजुरी

67
  •  
  •  
  •  


काठमाडौं । गत आव २०७७/०७८ को असार मसान्त सम्ममा विभागमा ४३१ वटा उजुरी परेको छ । जुन अघिल्लो आवको भन्दा ९० ले बढी हो । विभागमा ४३१ उजुरीबाट ३४ करोड ५८ लाख रुपैयाँ माग दाबी गरिएको भएपनि अदालमा भने १०५ मुद्धा मात्र दर्ता गरिएको छ । जसबाट १७ करोड ९२ लाख ५२ हजार ३७० रुपैयाँ मागदाबी गरिएको छ ।

अघिल्लो आवमा विभागमा ३४१ उजुरीबाट २४ करोड ९८ लाख ६३ हजार ७०६ रुपैयाँ बराबरको रकमको माग दाबी गरिएको थियो । तर अदालतमा २०१ वटा मुद्धा दर्ता गरि २० करोड ५८ लाख ६५ हजार ४९५ रुपैयाँ रकम मागदावी गरिएको विभागले जनाएको छ ।

विभागका अनुसार हालसम्म ७७२ वटा उजुरी दर्ता भएका छन् । जसबाट ५९ करोड ४ लाख ५१ हजार ५९७ माग दाबी गरिएको छ । ती मध्ये ३०६ वटा मुद्दा मात्र अदालतमा पुगेका छन् । जसबाट ३८ करोड ५१ लाख १७ हजार ८६५ रुपैयाँ माग दाबी गरिएको छ ।


  •  
  •  
  •