वैदेशिक कल्याणकारी कोषमा अनलाईन प्रणालीबाट रकम भुक्तानी गर्न सक्ने

65
  •  
  •  
  •  

काठमाडौं । वैदेशिक कल्याणकारी कोषमा अनलाईन प्रणालीबाट रकम भुक्तानी गर्न सकिने भएको छ ।

वैदेशिक रोजगार बोर्डको सचिवालयले एक सूचना जारी गर्दै वैदेशिक रोजगार नियमावली २०६४ का नियम २४ बमोजिम श्रम स्वीकृती लिई वैदेशिक रोजगारमा जाने नेपाली कामदारले वैदेशिक कल्याणकारी कोषमा जम्मा गर्नुपर्ने रकम अनलाइन प्रणालीबाट भुक्तानी गर्न सकिने व्यवस्था मिलाएको हो ।
बोर्डले राष्ट्र बैंकबाट अनुमति प्राप्त संस्थाहरु ईसेवा फोन पे प्रालि, स्प्यारो पे प्रा.लिबाट सरल र सहज रुपमा भक्तानी गर्न सक्ने व्यवस्था मिलाईएको बताएको छ ।
उक्त भुक्तानी सेवा प्रदायक संस्थाहरुबाट सेवा लिए वापत सेवाग्राहीले कुनै पनि थप शुल्क तिर्न नपर्ने पनि बोर्डले जनाएको छ ।


  •  
  •  
  •