काठमाडौं । काठमाडौंको चाबहिल चुच्चेपाटीमा नक्कली म्यानपावर नै खोलेर ठगी गरेको पाइएको छ । झुटो मागपत्र बनाइ रोजगारीको खोजीमा रहेका दर्जनौं युवासँग एक करोडभन्दा बढी रकम ठगेको खुलेको हो ।
वैदेशिक रोजगार विभागमा दर्ता नरहेको भएपनि ‘बुटवल म्यानपावर’को नाममा साइनबोर्ड नै टाँसेर थाइल्याण्डमा आकर्षक तलब सुविधासहितको रोजगारीमा पठाइदिने भन्दै नक्कली म्यानपावर कम्पनीका सञ्चालक रविन पौडेलले २० जनाबाट प्रतिव्यक्ति ५ लाख ५० हजारका दरले रकम लिएको थाइल्याण्ड पुगेर फर्केका छन् ।
नक्कली म्यानपावर खोलेका व्यक्तिहरूले विश्वसनीय म्यानपावर कम्पनीहरूले ल्याएको डिमाण्डजस्तै विज्ञापन बनाएर सामाजिक सञ्जालमा पोष्ट गरी वैदेशिक रोजगारीको खोजीमा रहेको युवालाई ठगी गर्ने गरेको पीडितहरूको भनाइ छ ।