बहराइनमा अलपत्र महिला श्रमिकको उद्धार गरिने

112
  •  
  •  
  •  

काठमाडौं । बहराइनमा कोरोना भाइरसका कारण अलपत्र परेका महिला श्रमिकको उद्धार गरी स्वदेश पठाइने भएको छ ।

लामो समयदेखि अलपत्र परेका, हिंसाको उच्च जोखिममा रहेका र स्वास्थ्य समस्या रहेका नेपाली महिलालाई दूतावासले प्राथमिकिकरण गरी स्वदेश पठाउने भएकाले दूतावासमा सम्पर्क गर्न आग्रह गरेको छ ।

यसरी प्राथमिकिकरण गरेर पठाउने क्रममा छुटेका महिलाको नाम थर, पासपोर्ट नम्बरसहित परेको समस्या खुलाएर दूतावासमा असोज १० गतेभित्र दूतावासमा सम्पर्क राख्न दूतावासले अनुरोध गरेको छ ।

यसरी अलपत्र परेका महिला श्रमिक बहराइनमा क्रियाशिल कुनै संघसंस्थाको सम्पर्कमा भएमा पनि दूतावासमा सम्पर्कमा ल्याइदिन भनिएको छ । कोरोना महामारीपछि अहिलेसम्म बहराइनबाट १२ सय ७५ जना स्वदेश फर्किएका छन् ।

हेर्नुहोस् सूचना


  •  
  •  
  •