तीन दिन मुख्य नदीको बहाव बढ्ने

109
  •  
  •  
  •  

काठमाडौं । बाढी पूर्वानुमान महाशाखाले तीन दिन मुख्य नदीहरु कन्काई, कमला र बागमतीमा बहाब बढ्ने जनाएको छ ।

सोमबार बिहान गरिएको मापन अनुसार केही शाखा नदीमा भने बहावले खतराको तह पार गर्ने सम्भावना रहेको जनाएको हो ।

यसैगरी, महाशाखाका अनुसार मंगलबार र बुधबार प्रदेश १,२ र ३ का पहाडका केही साना नदीमा आकस्मिक बाढीको सम्भावना रहेको छ ।

यस्तै तटिय क्षेत्रमा पूर्वतयारी गर्न र प्रतिकार्यको लागि सचेत रहन महाशाखाले आग्रह गरेको छ ।
सोमबार कोशी, नारायणी, कर्णाली र महाकाली नदी तथा यसका सहायक नदीहरुमा बहाव सामान्य बढ्दो क्रममा रहेका छन् ।

पूर्वानुमान अनुसार यी नदीहरुले सर्तकता तह पार नगर्ने तर कोशीका सहायक नदी सुनकोशी र तमोरमा बहाव तुलनात्मक रुपमा बढी हुने जनाइएको छ ।


  •  
  •  
  •