तीन दिन नारायणी र यसका सहायक नदीमा पानीको बहाव बढ्ने सम्भावना

282
  •  
  •  
  •  

काठमाडौं । बाढी पूर्वानुमान महाशाखाले अबको तीन दिनसम्म नारायणी र यसका सहायक नदीहरुमा पानीको बहाव बढ्ने सम्भावना रहेको जनाएको छ ।

फाइल तस्बिर

महाशाखाले देशका अन्य सबै प्रमुख र मझौला नदीहरुमा भने बहाव केही घटबढ हुने छ भने जलसतह सतर्कताभन्दा तलै हुने छ ।

शुक्रबार र शनिबार कन्काई, वाग्मती, तिनाउ, पश्चिम राप्ती र बबईका केही सहायक नदीमा आकस्मिक बहाव हुनसक्ने महाशाखाले अनुमान गरेको छ । अहिले पनि नारायणी नदीमा बाढी आइरहेको छ ।

आज कोशी, कर्णाली, महाकाली र यसका सहायक नदीमा बहाव सामान्य घटबढ हुने तर सतर्कता तह तलै हुनेछ । कालीगण्डकी नदीमा भने बहाव सतर्कता तह आसपास हुनेछ ।

बिहीबार कन्काई, कमला, वाग्मती, पश्चिम राप्ती, बबई नदीमा बहाव बढ्दो हुने, र सबैमा सतर्कता तह तलै हुने पूर्वानुमान छ । कन्काई, कमला वाग्मती पश्चिम राप्तीका केही सहायक नदीमा भने आकस्मिक बहाव हुनसक्ने सम्भावना छ । यस्तै आज इलाम, झापा, मोरङ, सुनसरी, उदयपुर, सप्तरी, सिरहा, धनुषालगायत प्रदेश २ का जिल्लाहरुमा बाढीको न्यून मात्रै सम्भावना छ ।

यस्तै सिन्धुली, मकवानपुर, सिन्धुपाल्चोक, दोलखा, रामेछाप काभ्रेपलाञ्चोक, नुवाकोट, काठमाण्डौ उपत्यका, गोरखा, धादिङ, लमजुङ, तनहुँ, स्याङ्जा, कास्की, पर्वत, म्याग्दी, चितवन, नवलपरासी, गुल्मी, पाल्पा, प्युठान, रुकुम, दाङ। बाँके, बर्दिया, कैलाली, कञ्चनपुर, डडेल्धुरा, र आसपास भई बहने नदीमा पनि आकस्मिक बहावको न्यून मात्रै सम्भावना रहेको छ ।

हेर्नुहोस्

 


  •  
  •  
  •