काठमाडौं । मंगलवार रातीदेखी परेको अबिरल बर्षाका कारण काठमाडौंका नदीमा पानीको बहाब बढेको छ । बुधवार दिउसो ललितपुरको कुपण्डोल पुल भन्दा तल यो गाई नदी तर्ने कोशिष गर्दै थियो । नदीको छेउमा हिडदै गरेको गाई पानीको भंगालोमा फस्यो ।
बागमतीको बढेको बहावले गाईलाई १० मिटर जती बगायो । गाई बाहिर आउन कोशिग ग¥यो तर, सकेन । तेस्रो पटकमा गाई बाहिर आउन सफल भयो । गाई लिएर आएका बृद्धले भने गाई बगेको पत्तै पाएनन् हिन्दु धर्ममा गौमाताको रुपमा पुजनीय गाईसंग पौडने कला हुन्छ ।
हिन्दु धर्ममा बागमती नदीको त्यत्तिकै महत्व छ । मंगलवार देखीको अबिरल बर्षाका कारण देशै भरिका नदीमा पानीको बहाब बढेको छ ।
शव्द/तस्वीर: कबिन अधिकारी (ओएनएस)