बागमती प्रदेशका मुख्यमन्त्रीविरुद्ध अविश्वास प्रस्ताव दर्ता, अष्टलक्ष्मी शाक्यलाई प्रस्ताव

तीन मन्त्रीले दिए राजीनामा
443
  •  
  •  
  •  

काठमाडौं । पुष्पकमल दाहाल प्रचण्ड–माधव नेपाल समूहका सांसदले बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलविरुद्ध अविश्वास प्रस्ताव दर्ता गरेका छन्।

प्रदेश संसद सचिवालयमा शुक्रबार सांसद शालिकराम जमकट्टेलको नेतृत्वमा पौडेलविरुद्ध अविश्वास प्रस्ताव दर्ता गरेका हुन्। उनको ठाउँमा अष्टलक्ष्मी शाक्यलाई मुख्यमन्त्री प्रस्ताव गरिएको छ।
यसैबीच बागमती प्रदेशका ३ मन्त्रीले राजीनामा दिएका छन् । राजीमाना दिनेमा आन्तरिक मामिला तथा कानून मन्त्री शालिकराम जमकट्टेल, सामाजिक विकास मन्त्री युवराज दुलाल र उधोग पर्यटन वन तथा वातावरण मन्त्री अरुण नेपाल रहेका छन् ।


  •  
  •  
  •