मेरो सपनाको बागमती (फोटो फिचर)

486
  •  
  •  
  •  

काठमाडौँ, (ओएनएस) : बागमती सफाइ अभियानले १३ चैतमा १५० औँ सप्प्ताह प्रवेश गर्‍यो । यस अवसरमा सफाइ अभियन्ताहरुले विभिन्न कार्यक्रम गरे ।

यही क्रममा ९ देखि १२ कक्षाका विद्यार्थीबीच ‘मेरो सपनाको बागमती’ शीर्षकमा चित्रकला र कविता प्रतियोगिता गरिएको थियो । कार्यक्रमका सहसंयोजक नरेन्द्रबहादुर श्रेष्ठका अनुसार, १८० वटा कविता र १६८ वटा चित्रकला प्राप्त भएका थिए । तीमध्ये उत्कृष्ट पाँच–पाँचजना ६ चैतमा पुरस्कृत भए ।

यही अवसरमा ३६ जना वरिष्ठ कलाकारको सहभागितामा अधिकारसम्पन्न एकीकृत बागमती सभ्यता आयोजनाको प्रांगणमा कला कार्यशाला आयोजना गरियो, १३ चैतमा । फोटो प्रदर्शनी पनि गरिएको थियो ।

राष्ट्रपति विद्यादेवी भण्डारीले बाल उद्यान र कला कार्यशालाको उद्घाटन गरिन् । कार्यक्रम देवीप्रसाद घिमिरेको संयोजकत्वमा भएको थियो ।

उक्त कार्यक्रममा समावेश भएका केही सिर्जना र सर्जकहरूका तस्बिर यस प्रकार छन्–

Bagmati art
चित्रकला प्रदर्शनी
bagmati art2
कार्यशालाका सहभागी कलाकारहरु
abc photo archive kathmandu,Nepal
चित्र कोर्दै कलाकार
bagmati4
आफ्नो कृतिअगाडि कलाकार
bagmati9
कलाकारलाई कलाकारको सौगात
bagmati8
सर्वोत्कृष्ट कवि
bagmati7
विद्यार्थीका चित्रकलाहरू
bagmati6
सहरी विकास राज्यमन्त्री मञ्जु चौधरीको उद्घाटन–कला
bagmati5
कार्यशालाको उत्पादन

तस्बिरहरू : नरेन्द्रबहादुर श्रेष्ठ


  •  
  •  
  •