असार १ देखि बागमती नदी किनारमा नजान आग्रह

101
  •  
  •  
  •  


काठमाडौं । मेलम्ची खानेपानी विकास समितिले पानी बहाव बढ्न सक्ने भन्दै असार १ गतेबाट बागमती नदी किनारमा नजान अनुरोध गरेको छ।
आयोजनाको सुरूङ परीक्षणका लागि सुरूङभित्र रहेको पानी फाल्नु पर्ने भएकोले बागमतीको बहाव बढ्ने भन्दै नदी किनारामा नजान समितिले भनेको हो।

समितिले बिहीबार एक विज्ञप्ति जारी गर्दै बागमती नदीसँगै मेलम्ची नदी, अडिट टनेल रहेको सिन्धु, ग्याल्थुम लगायतका क्षेत्रहरुमा पनि बहाव बढ्ने जनाएको छ।

नदीमा काम विशेषले जानै परेमा पनि सावधानी अपनाउन समितिले अनुरोध गरेको छ।

समितिका अनुसार सुरूङ खाली गर्न १६ दिन लाग्नेछ। परीक्षण सकिन भने दुई महिना लाग्नेछ।

यो परीक्षण कालसम्म काठमाडौं उपत्यकामा मेलम्चीको पानी आउने छैन।

मेलम्ची खानेपानी आयोजनाले गत फागुन १० गतेबाट मेलम्ची नदीको पानी पठान्तरण गरी सुरुङ परीक्षण सुरू गरेको थियो।

परीक्षण सुरू गरेको १२ दिनपछि फागुन २२ गते सुन्दरीजलमा पानी आइपुगेको थियो।


  •  
  •  
  •