बागमतीका मुख्यमन्त्री जम्कट्टेलले पाए विश्वासको मत

102
  •  
  •  
  •  

काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले तेस्रो पटक प्रदेशसभाबाट विश्वासको मत पाएका छन् ।

सोमबार प्रदेशसभाको बैठकमा मुख्यमन्त्री जम्कट्टेलको पक्षमा ५६ जना सासंदहरुले मतदान गरेका हुन् । नेकपा माओवादी केन्द्रका २१, नेकपा एमालेका २७, नेकपा एकीकृत समाजवादीका ७ र हाम्रो नेपाली पार्टीका एक जना सासंदहरुले मुख्यमन्त्री जम्कटेलको पक्षमा मतदान गरेका छन् ।

यस्तै मुख्यमन्त्री जम्कटेलको विपक्षमा कांग्रेसका ३७ जना सासंदहरूले मतदान गरे । सभामुखबाहेक १२ जना सासंद रहेको राप्रपा र ३ जना सासंद रहेको नेमकिपा तटस्थ बसेको थियो । सोमबारको बैठकमा एक सय १० जना सासंदहरूमध्ये सभामुखसहित एक सय ९ जना सासंदहरू उपस्थित थिए ।

हाम्रो नेपाली पार्टिकी सासंद सरिता खड्की अनुपस्थित भइन् । मुख्यमन्त्री जम्कट्टेलले यसअघि २०७९ माघ ३ र २०७९ चैत्र १० गते प्रदेशसभाबाट विश्वासको मत पाएका थिए ।


  •  
  •  
  •