बाग्लुङ–१ को उपचुनाव तालिका प्रकाशित

454
  •  
  •  
  •  

nepal-election-commission
काठमाडौं, १ फागुन (ओएनएस) :  निर्वाचन आयोगले बाग्लुङ क्षेत्र नं.१ को उप–चुनावका लागि तालिका प्रकासित गरेको छ । मन्त्रीपरिषद्को बिहिबारको निर्णय अनुसार अयोगले आज तालिका प्रकासित गरेको हो ।
आयोगले तालिका प्रकाशनसँगै निर्वाचनका लागि आवस्यक सहयोग सरकारबाट प्राप्त हुने विश्वास व्यक्त गरेको छ ।
तालिका अनुसार आगामी चैत एक गते उम्मेद्वारको मनोनयन दार्ता, चैत ८ मा उम्मेद्वारलाई निर्वाचन चिन्ह प्रदान गर्ने र चैत २८ गते शनिबार विहान सात बजे देखि साँझ पाँच बजेसम्म मतदान हुनेछ ।

बाग्लुङ–१बाट निर्वाचित कांग्रेस सभासद् हरि खड्काको गत मंसिर १७ मा भएको जीप दुर्घट्नामा परी उपचारका क्रममा मंसिर २०मा निधन भएपछि त्यो निर्वाचन क्षेत्र प्रतिनिधिविहिन भएको थियो ।


  •  
  •  
  •