बागलुङ -१ उपनिर्वाचनमा कांग्रेसकी चम्पादेवी २ हजार ८६ मतअन्तरले विजयी

276
  •  
  •  
  •  

काठमाडौं, २९ चैत (ओएनएस) : संविधानसभा सदस्यका लागि बागलुङ क्षेत्र नं १ मा भएको उपनिर्वाचनमा नेपाली कांग्रेसकी उम्मेदवार चम्पादेवी खड्का विजयी भएकी छिन् । खड्का १७ हजार १ सय ५४ मतका साथ विजयी भएकी हुन् ।

खड्काकी निकटतम  प्रतिद्वन्दि नेकपा एमालेकी मनकुमारी केसीले १५ हजार ६८ मत ल्याइन । एमाअाेवादीका कृष्ण केसी २ हजार ५ सय ५ मत मात्र प्राप्त गर्न सके । खसेको भोट १० प्रतिशत ल्याउन नसकेपछि एमाअोवादीकाे जमानत जफत भएको छ ।

यसअघि भएको चुनाव कांग्रेसले १३ हजार ५ सय मत प्राप्त गरेको थियो । अहिले ३ हजार ६ सय ५४ मत बढाएको छ । यस्तै एमालेले यसअघिकाे चुनवामा ११ हजार ९ सय ६३ मत ल्याएको थियो ।

अहिले ३ हजार १ सय ५ मत बढि हाे । यता एमाअोवादीको मत घटेको छ । एमाअोवादीले अघिल्लो चुनावमा ६ हजार ३ मत ल्याएको थियाे जुन अहिको भन्दा ३ हजार ४ सय ९५ बढी हो ।

जिल्ला निर्वाचन अधिकृतको कार्यालयका अनुसार शनिवार भएको निर्वाचनमा ७३ प्रतिशत मतदाता सहभागी भएका थिए । यो विगतको भन्दा निकै उत्साहजनक सहभागिता हो । ५२ हजार २ सय २ मतदाता रहेको यो निर्वाचन क्षेत्रमा ३८ हजार २ सय ९० मत खसेको थियो ।

सभासद हरिबहादुर खड्काको सडक दुर्घटनामा निधन भएपछि भएको उपनिर्वाचनमा १० राजनीतिक दल र स्वतन्त्र १३ उमेदवारले भाग लिएका थिए ।

Champa devi

Congess Ralley


  •  
  •  
  •