पहिरोले बागलुङमा स्काभेटरसहित टिप्पर र ट्याक्टर पुरियो, दुई जना बेपत्ता

229
  •  
  •  
  •  

बागलुङ । बागलुङमा पहिरो जाँदा स्काभेटर, टिप्पर र ट्याक्टर पुरेको छ । शनिबारराति बागलुङ नगरपालिका–१ निरयघाट नजिक पहिरो खसेको हो । पहिरोमा परि टिप्पर चालक निर्मल पुन र ट्र्याक्टर चालक रोशन नेपाली बेपत्ता भएका छन् ।


जिल्ला प्रहरी कार्यालयका अनुसार स्काभेटर चालक भने सम्पर्कमा आएका छन् । ढुङ्गा, माटोसहितको गेग्रेटो उठाउने क्रममा एक्कासी खसेको पहिराले ध१च ४७ नंको ट्र्याक्टर र ग१ख ४६३७ नंको टिपर र स्काभेटर पुरिएको हो ।

स्काभेटरको नम्बर खुलेको छैन । राति नै उद्धारका लागि नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको टोली परिचालित भएको थियो ।

अहिले बिहानैदेखि उद्धारकार्य जारी रहेको प्रहरीले जनाएको छ ।


  •  
  •  
  •