पहिरोले एक जनाको मृत्यु, दुई बेपत्ता

178
  •  
  •  
  •  

बागलुङ । बागलुङको तमानखोला गाउँपालिका–४ लाम्मेला, सन्टरमा पहिरोले घर पुरिँदा एक जनाको ज्यान गएको छ भने दुई बेपत्ता छन् ।

आइतबार राति गएको पहिरोमा परी स्थानीय ओमबहादुर श्रीपालीकी श्रीमती ४५ वर्षीया पञ्चकुमारीको ज्यान गएको हो ।

पहिरोमा स्थानीय देवेन्द्र श्रीपालीकी ७० वर्षीया आमा असारी श्रीपाली र १२ वर्षीय छोरा प्रवीण बेपत्ता भएको बोङ्गादोभान प्रहरी चौकीले जनाएको छ ।

पहिरोमा हराइरहेकाको खोजीकार्य जारी छ । पहिरोमा परी घाइते भएका ६ जनालाई स्थानीय र प्रहरी मिलेर उद्धार गरेका छन् ।


  •  
  •  
  •