बागलुङमा जीप दुर्घटनामा आमाछोराको मृत्यु

84
  •  
  •  
  •  

बागलुङ । बागलुङको बडिगाड गाउँपालिकामा सोमबार बिहान पिक अप जीप दुर्घटना भएको छ । दुर्घटनामा दुई जनाको मृत्यु भएको छ।

ग्वालिचौरतर्फ जाँदै गरेको लु १ द ४३७० नम्बरको पिक अप जीप बडिगाड–६ सुरखुरेमा दुर्घटना भएको हो ।

प्रतिकात्मक तस्बिर

दुर्घटनामा २२ वर्षीया टेकमाया रोका र उनका एक वर्षीय छोराको मृत्यु भएको छ । दुर्घटनामा ६० वर्षीया मनकुमारी रोका घाइते भएको इलाका प्रहरी कार्यालय बुर्तिबाङ प्रहरीचौकीले जनाएको छ । प्रहरी निरीक्षक भण्डारीका अनुसार जीपमा सामान राख्ने क्रममा जीप गुडेको थियो ।


  •  
  •  
  •