बाग्लुङमा बागी उम्मेदवारी फिर्ता गराउने प्रयास असफल

351
  •  
  •  
  •  

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले बाग्लुङ २ को प्रदेश सभा (ख) मा परेको बागी उम्मेदवारी फिर्ता गराउन असफल भएको छ । उम्मेदवारी फिर्ता लिन समयभन्दा ढिलो गरी मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेपछि उम्मेदवारी कायमै रहने भएको हो ।

बुर्तिवाङस्थित होटल दरबारबाट प्रभु एअरको हेलिकप्टरमा बागी उम्मेदवारी दिएका शेरमान घर्तीलाई राखेर मुख्य निर्वाचन अधिकृतको कार्यालय ल्याइएको थियो ।

तर घर्ती आइपुग्दा निर्वाचन आयोगले तोकेको उम्मेदवारी फिर्ता लिने समय सकिसकेको थियो ।
नेकपाले यो क्षेत्र राष्ट्रिय जनमोर्चालाई छाड्ने गरी चुनावी तालमेल गरेको थियो । पार्टी निर्णयविपरीत घर्तीले बिहीबार (२१ गते) नेकपाको तर्फबाट मनोनयन दर्ता गरेका थिए ।

जिल्ला निर्वाचन कार्यालयले आइतबार बिहान १० बजेदेखि १ बजेसम्म उम्मेदवारी फिर्ता लिने समय तोकेको थियो । तर उम्मेदवारी फिर्ताका लागि कुनै पनि निवेदन नपरेको कार्यालयले जनाएको छ ।


  •  
  •  
  •