आज विश्व बाघ दिवस

250
  •  
  •  
  •  

काठमाडौं । आज विश्व बाघ दिवस । बाघ संरक्षणका लागि चेतनामुलक कार्यक्रम गरेर नेपालमा पनि मनाइँदै छ ।

सन् २०१० मा नेदरल्यान्ड्समा भएको विश्व सम्मेलनले जुलाई २९ लाई बाघ दिवसको रुपमा मनाउने घोषणा गरेको थियो । सोही समयदेखि नेपालमा हरेक बर्ष दिवसका अबसरमा विभिन्न कार्यक्रम हुँदै आएका छन् ।

सम्मेलनले सन २०२० सम्ममा दुर्लभ पाटे बाघको संख्या दोब्बर बनाउने लक्ष्य राखेको थियो । नेपाल त्यो लक्ष्यको नजिकै पुगिसकेको छ । पछिल्लो आँकडाअनुसार नेपालमा बाघको संख्या २ सय ३५ वटा छ ।

चितवन राष्ट्रिय निकुञ्जमा ९३, बर्दियामा ८७, बाँकेमा २१, पर्सामा १८ र शुक्लाफाँटामा १६ वटा बाघ छन् । एसियाभर करिब चार हजार जनसंख्या पाटेबाघको छ । बाघ घना जङ्गलमा रमाउने भएपनि जंगल पातलो हुँदै जानु बाघ संरक्षणमा चुनौती मानिएको छ ।


  •  
  •  
  •