चीनका रक्षामन्त्री आज नेपाल आउँदै

80
  •  
  •  
  •  

काठमाडौं । चीनका स्टेट काउन्सिलर तथा रक्षामन्त्री वेई फेङ्ही आज नेपाल आउँदै छन् । फेङ्ही नेपालको एक दिवसीय औपचारिक भ्रमणका उनी काठमाडौं आउन लागेका हुन् ।

परराष्ट्र मन्त्रालयका अनुसार भ्रमणका क्रममा उनले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओलीसँग शिष्टाचार भेट गर्नेछन् ।
त्यस्तै उनले प्रधान सेनापति पूर्णचन्द्र थापासँग द्विपक्षीय भेटवार्ता गर्नेछन् । उनी आज साँझ नै फर्किने कार्यक्रम रहेको जनाइएको छ ।

 


  •  
  •  
  •