हिजाेको तुलनामा रियाल, रिंगिट, दिर्हामको मूल्य बढ्यो

262
  •  
  •  
  •  

काठमाडौं, ६ चैत (अाेएनएस) : नेपाल राष्ट्र बैंकले आज तोकेको विनिमय दर अनुसार एक साउदी रियालको खरिददर २७ रुपैयाँ ७३ पैसा र विक्रिदर २७ रुपैयाँ ८९ पैसा रहेको छ । त्यस्तै, कतारी रियाल एकको खरिददर २८ रुपैयाँ ५५ पैसा र विक्रिदर २८ रुपैयाँ ७२ रुपैयाँ छ ।

युएई दिर्हाम एकको खरिददर २८ रुपैयाँ ३१ पैसा र विक्रिदर २८ रुपैयाँ ४७ पैसा तोकेको छ । मलेसियन रिंगिट एकको खरिददर २६ रुपैयाँ ५४ पैसा र विक्रिदर २६ रुपैयाँ ६९ रहेको छ ।

कोरियन वन १ सयको खरिददर ९ रुपैयाँ ७० पैसा र विक्रिदर ९ रुपैयाँ ७६ पैसा रहेको छ । एक कुवेती दिनारको एकको खरिददर ३ सय ४६ रुपैयाँ ५९ पैसा छ भने विक्रिदर ३ सय ४८ रुपैयाँ ५९ पैसा रहेको छ ।

एक बहराइन दिनार एकको खरिददर २ सय ७५ रुपैयाँ ८० पैसा र विक्रिदर २ सय ७७ रुपैयाँ ३९ पैसा रहेको छ । नेपाल राष्ट्र बैंकले तोकेको दरमा वाणिज्य बैंकहरुले भने केही रकम तलमाथि गरेर मूल्य तोक्न सक्नेछन् ।


  •  
  •  
  •