मध्यपश्चिममा बाढीपीडितको बिचल्ली

69
  •  
  •  
  •  

दाङ, ३ भदौं (ओएनएस) : राप्ती नदीमा आएको बाढीले विस्थापित भएकाहरुको विचल्ली भएको छ । बाढीले घर भत्काएका बाँकेका एक सय बढी बाढीपीडितहरु पाँच दिनदेखि जंगलमा रात काट्न बाध्य भएका छन् । बाढी प्रभावितहरु भोकभोकै छन भने बालबाकिलाहरु विरामी पर्न थालेपछि थप चिन्तामा परेका छन् ।
राप्ती तटीय क्षेत्रका होलिया, गंगापुर, मटेहिया, फत्तेपुर गाविसका अधिकांशको विचल्ली छ । सडकमार्ग अवरुद्ध भएकाले हेलिकप्टरबाट राहत झारिएको छ । स्थानीय प्रशासनको उपस्थिति हालसम्म हुन नसक्दा उनीहरुले राहतस्वरुप खाद्यान्न र बस्नका लागि त्रिपाल पनि नपाएको गुनासो गरेका छन् । बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद आचार्य सडक मार्ग अवरुद्ध भएकाले समस्या परिरहेको तर राहत पु¥याउन पहल तीब्र पारिएको बताउछन् ।
स्थानीय प्रशासनले केही स्थानमा बिस्कुट, चाउचाउ, भुजा वितरण गर्नुबाहेक प्रभावकारी भूमिका निर्वाह गर्न सकेको छैन् । रेडक्रसले बाँकेमा ३ हजार ६ सय बढी घरपरिवार प्रभावित भएको जनाएको छ ।
यस्तै बाढीले पूर्वपश्चिम महेन्द्र राजमार्ग अन्तरगत बाँकेको शम्शेरगञ्जको परुवा खोलाको पुल र सडक भत्काएपछि नेपाली सेना र सशस्त्र प्रहरीले अस्थायी डाईभर्सन बनाएर बाटो खुलाउने प्रयास गरेका छन् । बाटो अवरुद्ध हुँदा सयौ सवारीसाधन शम्शेरगञ्जमा पाँचदिन देखि रोकिएका छन् ।

यसैबीच बा“के राष्ट्रिय निकुञ्जले निर्माण गरेको टावर भ्यूको अहिलेसम्म प्रचारप्रसार हुन सकेको छैन् । ०७० सालमा निर्माण गरेको टावर भ्यूको प्रचारप्रसार नहँुदा अहिले निकुञ्जले पर्यटक भित्र्याउन नसकेको हो ।
निकुञ्ज भित्र पाटे बाघ चितुवा लगाएत हात्ती भालु मृग चित्तल बँदेल आदी जनावर समेत रहेका छन् । पोखरी भएको स्थान र घा“से मैदानको चारैतिर घना जंगली झाडी भएकोले घा“से मैदानमा निकुञ्जका जनावर र चराचुरुङ्गी हेर्ने र घुम्न लायक ठाउ“ रहेको छ । पर्यटकहरुलाई करिब ५० हेक्टर क्षेत्रफलमा रहेको घा“से मैदान, पानी पोखरी, निकुञ्जका चराचुरुङ्गी र जनावर अवलोकन गराउने लक्ष्यका साथ टावर भ्यू निर्माण गरिएको थियो ।


  •  
  •  
  •