काठमाडौं, १० भदौ (ओएनएस) : बर्षायाम सुरु भएदेखि आएको बाढी पहिरोका कारण यस बर्ष मुलुकभर २ सय ३१ जनको मृत्यु भएको सरकारले जनाएको छ । व्यबस्थापिका संसदको राज्य व्यबस्था समिति बैठकमा उपप्रधानमन्त्री वामदेव गौतमले बाढी पहिरोका कारण २ सय ३१ जनाको मृत्यु भएको जानकारी गराएका हुन् ।
बाढी पहिरोका कारण २ सय ४९ जना बेपत्ता रहेका र १ सय ४६ जना घाइते भएका गृह मन्त्रालयको तथ्यांक छ । गृहमन्त्री गौतमले बाढी प्रभावित जिल्लामा सरकारका तर्फवाट उद्धार र राहात वितरणको काम तीब्र ढंगले भइरहेको बैठकमा जानकारी गराए ।
बैठकमा सभासद्हरुले बाढी पीडितको राहात र उद्धारमा सरकार उदाशीन बनेको आरोप लगाएका थिए । सभासद्हरु अमरेशकुमार सिंह, सञ्जय गौतम, गंगालाल तुलाधर, अर्जुन जोशी लगायतले बाढी पीडितलाइ उद्धार गर्ने काम झाला टार्ने खालको भएको बताएका थिए ।