वधशाला हटाउन तालावन्दी

108
  •  
  •  
  •  

काठमाडौं, १३ असोज (ओएनएस)काठमाडौ महानगरपालिकाले बौद्ध रामहिटीमा रहेको बधशालामा एक हप्तादेखि तालाबन्दी गरेको छ । महानगरपालिकाले पुनरावेदन अदालत पाटनको फैसला अनुसार सो तालाबन्दी गरेको हो ।
वधशाला विना इजाजत विश्व सम्पदा सुचीमा दर्ता भएको बौद्धनाथ र  अन्तर्राष्ट्रिय विमानस्थल नजिक सञ्चालन गरिएको पाइएकाले उक्त बधशालामा ताला लगाइएको जानकारी स्थानीयवाशीेले दिए । टोलभरी दुर्गन्ध छाएपछि स्थानीय जनताको अनुरोधलाई वधशाला सञ्चालकहरुले  नमानेपछि दुई वर्षअघि पुनराअदालतमा उजुरी दिइएको थियो । पुनरावेदन  अदालतले गत वर्ष कार्तिक महिनामा टोलवाशीको स्वास्थ्यमा प्रतिकुल असर परेको देखाउँदै वधशाला हटाउन फैसला गरेको थियो ।

मुल गेटमा ताला लागेपनि अझै पछाडिको ढोकाबाट वधशाला सञ्चालकहरुले काम  गरिरहेको भन्दै स्थानीयवासीले महानगरपालिकाको कार्यालय पुगी छिटो समाधान गर्न आग्रह गरे । महानगरपालिकाका कार्यकार्य प्रमुख धनबहादुर श्रेष्ठले दशैको मुखमा भएकाले सहमति गर्न भनेपछि स्थानीयवाशी झस्केका छन् । रामहिटी टालेवाशीको भनाई छ, ‘टोल जसरी पनि सफा हुन पर्दछ ।’


  •  
  •  
  •