बधशाला हटाउन तालावन्दी

83
  •  
  •  
  •  

काठमाडौं, असोज १२ (ओएनएस) : काठमाडौ महानगरपालिकाले बौद्ध रामहिटीमा रहेको बधशालामा एक हप्तादेखि तालाबन्दी गरेको छ । महानगरपालिकाले पुनरावेदन अदालत पाटनको फैसला अनुसार
सो तालाबन्दी गरेको हो । विना इजाजत विश्व सम्पदा सुचीमा दर्ता भएको तथा बौद्धनाथ र अन्तर्राष्ट्रिय विमानस्थल नजिक सञ्चालन गरिएको पाइएकाले उक्त बधशालामा
ताला लगाइएको जानकारी स्थानीयवाशीेले दिए ।

टोलभरी दुर्गन्ध छाएपछि स्थानीय जनताको अनुरोधलाई वधशाला सञ्चालकहरुले नमानेपछि दुई वर्षअघि पुनराअदालतमा उजुरी दिएका थिए । पुनरावेदन अदालतले गत वर्ष कार्तिक महिनामा टोलवाशीको स्वास्थ्यमा प्रतिकुल असर परेको देखाउँदै वधशाला हटाउन फैसला गरेको थियो ।

मुल गेटमा ताला लागेपनि पछाडिको ढोकाबाट वधशाला सञ्चालकहरुले काम  गरिरहेको भन्दै स्थानीयवासीले महानगरपालिकाको कार्यालय पुगी छिटो समाधान
गर्न आग्रह गरेका थिए ।


  •  
  •  
  •