बाढीपीडित राहत वितरणमा वडाअध्यक्षद्धारा भेदभाव

205
  •  
  •  
  •  

काठमाडौं, १५ चैत (अाेएनएस): मोरङमा बाढीपीडित राहत वितरणमा वडाअध्यक्षले भेदभाव गरेकाे स्थानीयले अाराेप लगाएका छन्। जहदा गाउँपालिकाका बासिन्दाले बाढीपीडितको रकम वितरणमा जनप्रतिनिधिले भेदभाव गरेको भन्दै बुधबार विरोध जनाएका छन्।

गाउँपालिकाका वडा नं १ का वडाअध्यक्ष प्रदीपचन्द्र यादवले वास्तविक बाढीपीडितहरुलाई राहत रकम नदिएर कमिशनका लागि आफुखुुशी रकम वितरण गरेको भन्दै स्थानीयबासीले अख्तियारमा उजुरीसमेत गरेका छन्।

बाढीपीडितले बुधबार पत्रकार सम्मेलन वडाअध्यक्ष यादवले सरकारले बाढी पीडितलाई दिएको रकम पाउने सूचीमा भारत फारबिसगञ्जमा बस्दै आएका आफ्ना आफन्तको समेत नाम राखेको आरोप लगाए।

गत साउनको अन्तिम साता आएको बाढीबाट क्षति भएकाको राहतका लागि नेपाल सरकारले राहत वितरण कार्यक्रम ल्याएको हो। राहत वितरण कार्यमा जनप्रतिनिधिले नै गलत कार्य गर्न थालेपछि कतिपय स्थानमा राहत वितरण अन्यौलमा परेको छ।

वास्तविक बाढी पीडितलाई राहत दिनेभन्दा राजनीतिक आस्थाका आधारमा राहत वितरण भएकाे गाउँपालिकाका स्थानीयवासीले गुनासो गरे।

स्थानीय सुुरेन राजवंशीले वडाअध्यक्षले १५ हजार रुपैयाँ राहत दिनका लागि १० हजार रुपैयाँसम्म कमिशन लिने गरेको दावी गरे। सोही ठाउँका कलानन्द ऋषिदेवले बाढीले सबै घरबार बगाउँदासमेत अहिलेसम्म कुनै राहत नपाएको गुनासो व्यक्त गरे।


  •  
  •  
  •