लगातारको बर्षाले जनजीवन ठप्प, लाखौ नागरिक त्रासमा

377
  •  
  •  
  •  

काठमाडौं ३० साउन (ओएनएस) :
लगातारको बर्षाका कारण देशभरीको जनजीवन ठप्प भएको छ । दर्जनौ गाउँहरु डुवानमा पर्दा हजारौ नागरिक विस्थापित भएका छन् । लाखौ नागरिक त्रासमा बस्न बाध्य भएका छन् । खोला र नदी छेउका बस्तिका नागरिक रातभर जाग्राम बसेर समय कटाइरहेका छन् । पूर्वदेखि पश्चिम तराईका अधिकांसगाउँहरु जलमग्न भएका छन् । अहिलेसम्म बर्षा र पहिरोले बिहीबार मात्रै १३ जनाको मृत्यु भइसकेको छ । एक जनाको शुक्रबार बिहान मृत्यु भएको छ । निरन्तरको बर्षाका कारण सप्तकोशीमा पानीको बहाब अहिले सम्मकै उच्च भएको छ । सुनसरीका इटहरी, खनार, दुहबी लगायत अधिकांश भूभाग डुबानमा परेका छन । नवलपरासीको गण्डक बाधमा पनि खतराको संकेत राखिएको छ । महाकालीमा पनि पानीको सतह बढ्दै जाँदा नदी छेउका नागरिक अग्लो ठाउँमा जान थालेका छन् । राजमार्ग डवानमा पर्दा पुरै यातायात अवरुद्ध भएको छ । पश्चि नेपालको कैलाली र बर्दीयामा राजमार्गमा गाडी चलेका छैनन । पूर्वीनेपालको रातु खालाको पुल भाँसिदा गाडी रोकिएका छन् ।

रौतहट
तिनदिन देखी परेको अविरल बर्षाको कारण रौतहट स्थित सबै नदी खोलामा ठुलो बाढी आएको छ । जिल्लाको पुर्विभेग स्थित बागमती नदीको बाढीले चारैतिर बाट घेरे पछी धरमपुर गाबिसका तिनवडाका दुइसय ५० घर जोखिममा परेकका छन् । केही नागरिकले घार छाडिसकेका छन् ।

 जनकपुर जलमग्न
अविरल वर्षाका कारण सदरमुकाम जनकपुरस्थित सरकारी कार्यालय जलमग्न भएका छन् । वर्षाको कारण सरकारी कार्यालय जलमग्न भएपछि सेवाग्राहीको पातलो उपस्थिति रहेको थियो भने कार्यालयको कामकाजसमेत प्रभावित भएको छ ।वर्षाको पानीबाट जिल्ला प्रहरी कार्यालय, जिल्ला प्रशासन कार्यालय, जिल्ला विकास समिति, आन्तरिक राजस्व कार्यालय, जिल्ला हुलाक कार्यालय, यातायात व्यवस्था कार्यालय, जनकपुर अञ्चल अस्पताल, नेपाल खाद्य संस्थान, घाँसेबाली कार्यालय, मालपोत कार्यालयलगायतका कार्यालय जलमग्न भएपछि सेवाग्राही प्रभावित भएका हुन् ।

बाँके
बाँकेको नेपालगन्जमा पनि नगरको अधिकांश क्षेत्र डुबानमा परेको छ । नगरको घरबारीटोल, धम्बोझी, गणेशपुर, पूmलटेक्रा, बुलबुलिया, बेलासपुर, कोरियनपुर, खजुरालगायतका क्षेत्र डुबान प्रभावित भएका छन् । यसैगरी वर्षाका कारण राप्ती नदीको पानीको सतहसमेत बढेपछि बाढी प्रभावित क्षेत्रका बासिन्दालाई जिल्ला प्रशासन कार्यालयले सतर्क रहन आग्रह गरेको छ । बर्दीयामा पनि डुवानको समस्या देखिएको छ ।बबई नदीले ४ वटा गाविस डुवाएको छ ।

दाङ
अविलर वर्षापछि बबई नदिमा आएको बाढीले उरहरी ६ बेल्टाकुराका लाकुले मगरको घर बगाएको छ भने परिवारका सबै सदस्य सम्पर्क बिहिन रहेका छन् । बबई नदि र क्वाङखोलामा आएको बाढिका कारण बगरपुर भन्ने स्थानमा केहि मानिसहरु उद्धारको लागि गुहार गरिरहेका छन् । टापु जस्तो बनेको त्यस भागमा कम्तिमा ३० जना मानिसले उद्धारको लागि हार गुहार गरिरहेका छन् । त्यस्तै उरहरी ६ मोतिपुरमा अहिले सम्म बबईमा आएको बाढिले ७० घर भत्कीएका छन् भने मोतिपुर गाँउ पुरै डुवानमा परेको स्थानिय शिक्षक मित्रलाल भन्डारीले जानकारी दिए ।

अछाम 

अविरल वर्षा पछि वुढीगङगा नदिले कटान सुरु गरेको छ । वुढीगङगा नदिले किनाराको आसपासमा कटान गरेको छ । अविरल वर्र्षाका कारण वुढीगङगा नदिले साँफेवगर नगरपालीका वडानम्वर १ स्थित वैजनाथ गाविसमा कटान गरेको स्थानियवासिन्दा सुमीत शाहले जानकारी दिनुभयो । यस्तै वर्षाका कारण विस्थापीत भएका साफेवगर नगरपालीका वडानम्वर १ एयरपोर्टका स्थानियवासिन्दा घर पर्कीसकेको खप्तड गुल्म साफेवगरले जानकारी दिएको छ । वर्षापछि त्यहाका स्थानियवासिन्दालाई वर्षा हुईल वोर्डीङ स्कुलमा सारीएको थियो । वर्षाका कारण साफेवगरको एरपार्ट विमानस्थर र वजार पनि जोखीममा पदै गएको स्थानियवासिन्दाको भनाई रहेको छ । यस्तै वर्षाका कारण देविस्थान गाविस वडा नम्वर मा १ भिर्कु मा ६३ वटा घरदुरी जोखिममा रहेका छन ।


  •  
  •  
  •