बाढीपहिरो र डुबानबाट मृत्यु हुनेको संख्या १ सय ११ पुग्यो, ३२ घाइते (विवरणसहित)

88
  •  
  •  
  •  


काठमाडौं । अविरल वर्षापछि आएको बाढी पहिरो र डुबानमा परी शनिबार बिहानसम्म १ सय ११ जनाको मृत्यु भएको छ। बाढी पहिरोमा परेर प्रदेश १ मा ६६ जना, बागमती प्रदेशमा एकजना, लुम्बिनी प्रदेशमा २ जना, कर्णाली प्रदेशमा ८ जना र सुदूरपश्चिम प्रदेशमा ३४ जना गरी जम्मा १११ जनाको मृत्यु भएको हो।

साथै प्रदेश १ मा १८ जना, कर्णाली प्रदेशमा एक जना र सुदूरपश्चिम प्रदेशमा १३ जना गरी जम्मा ३२ जना घाइते भएका छन्। घाइतेहरूलाई उपचारको लागि स्थानीय अस्पताल लगिएको छ।
बाढी पहिरोमा परी प्रदेश १ मा ९ जना, प्रदेश २ मा एकजना, लुम्बिनी प्रदेशमा एकजना, कर्णाली प्रदेशमा एक जना र सुदूरपश्चिम प्रदेशमा २० जना गरी जम्मा ३३ जना बेपत्ता भएका छन्। बेपत्ताको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ।

बाढीका कारण जम्मा २ हजार २३२ वटा घर डुबानमा परेका छन्। ७८ वटा घर, १६ वटा गोठ, ६ वटा पुल, १ वटा विद्यालय र ३ वटा सरकारी कार्यालयमा क्षति पुगेको छ। १८६ वटा पशु चौपायको मृत्यु भएको छ। उक्त अवधिमा विपद्का घटनाबाट १ हजार १८८ वटा घर परिवार विस्थापित भएका छन्।


  •  
  •  
  •