बाढी, पहिरो र डुबानमा परी मृत्यु हुनेको संख्या ५२ पुग्याे(अपडेट)

98
  •  
  •  
  •  


काठमाडौं । आइतबारदेखि परेको अविरल वर्षाका कारण आएको बाढी, पहिरो र डुबानमा परी ५२ जनाको ज्यान गएको छ । बाढी, पहिरो र डुबानमा परेर ३० जना हराइरहेका गृहमन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार ज्यान गुमाउनेमा सबैभन्दा धेरै डोटीमा १३ जना र इलाममा ११ जना रहेका छन् । यस्तै हुम्ला, धनकुटा र पाँचथरमा छरछ जनाको ज्यान गएको छ ।

बैतडीमा चार, कालीकोटमा एक, डडेल्धुरामा एक, प्युठानमा एक, सुनसरीमा दुई र उदयपुरमा एक जनाको ज्यान गएको छ । यस्तै पहिरोमा परेर बझाङमा २३ जना बेपत्ता भएका छन् । साथै प्युठानमा दुई जना र इलाममा पाँच जना बेपत्ता भएका छन् ।

बाढी, पहिरो र डुबानमा परेर विभिन्न जिल्लामा अहिलेसम्म २३ जना घाइते भएका छन् । हराएकाहरूको खोजी कार्य र फसेकाहरूको उद्धार कार्य भइरहेको गृह मन्त्रालयको विपद् व्यवस्थापन महाशाखाले जनाएको छ ।


  •  
  •  
  •