बाढी, पहिरोबाट भएको क्षतिप्रति एनआरएनएद्वारा दुःख व्यक्त

86
  •  
  •  
  •  

काठमाडौं । गैरआवासीय नेपाली संघ(एनआरएनए)ले केही दिनयता अविरल वर्षाका कारण देशका विभिन्न भागमा आएको बाढी र पहिरोका कारण भएको जनधनकाे क्षतिप्रति दुःख व्यक्त गरेको छ ।

गैरआवासीय नेपाली संघ, अन्तर्राष्ट्रिय समन्वय परिषद्का प्रवक्ता भूषण घिमिरेले एक विज्ञप्ति जारी गर्दै अकल्पनीय र यस दुःखद प्राकृतिक विपद्का कारण निधन भएकाहरुप्रति श्रद्धाञ्जली तथा शोकाकुल परिवारजनमा गहिरो समवेदना व्यक्त गरेका छन् ।
यस्तै संघले प्राकृतिक विपद्मा परी घाइते भएकाहरूको शीघ्र स्वास्थ्य लाभको कामना समेत गरेको छ । साथै विनासकारी प्रकोपमा परी हराइरहेकाहरुको खोजी, प्रभावितहरुको उद्धार र पीडितहरुलाई पुनस्र्थापना एवं राहतका कामलाई अझ प्रभावकारी ढंगबाट अघि बढाउन संघले सरकार र सरोकारवाला निकायहरुको ध्यानाकर्षण समेत गराएको छ ।
संघले स्वदेश र विदेशमा रहनु भएका सम्पूर्ण नेपालीलाई समेत यस दुःखद घडीमा आआफ्नो स्थानबाट सहयोग गर्नको लागि हार्दिक अपिल समेत गरेको छ ।


  •  
  •  
  •