बाढी, पहिरो र डुबान(अपडेट) : मृतकको संख्या ७८ पुग्यो

757
  •  
  •  
  •  

काठमाडौं । बाढी, पहिरो र डुबानका कारण ज्यान गुमाउनेको संख्या ७८ पुगेको छ ।

गृहमन्त्रालयका प्रवक्ता प्रवक्ता एवं सहसचिव रामकृष्ण सुवेदीका अनुसार ४० जना घाइते भएका छन् भने ३२ वेपक्ता भएका छन् । यस्तै ३ हजार ३ सय ६६ भन्दा बढीको सुकशल उद्वार गरिएको छ ।

प्रवक्ता सुवेदीले अहिले घाइतेको उपचार र बेपत्ताको खोजी कार्य र राहतको काम जारी रहेको ओएनएस न्यूज डटकमलाई जानकारी दिए ।

यस्तै बाढी पूर्वानुमान महाशाखाले आगामी ३ दिन प्रमुख नदीहरूमा बहाव सामान्य रहने बताएको छ ।

आज पूर्वमा कन्काई, विरिङ,निन्दा, पश्चिम राप्ती, बबई,डुडुवा, मोहना, मछेलीका शाखा नदीहरू लगायत दाङ, बाँके, वर्दिया, कञ्चनपुर, कैलाली, सर्लाही, महोतरी, झापा, मोरङ जिल्ला भई बहने केही स–साना खोलामा उच्च बहावको संभावना, सतर्क रहन आग्रह समेत गरेको छ ।


  •  
  •  
  •