बाढी पहिरोमा परी ३३ जनाको मृत्यु

उद्धारमा २७ हजार प्रहरी परिचालन
187
  •  
  •  
  •  

काठमाडौं । शुक्रबारदेखि देशका विभिन्न स्थानमा आएको बाढी पहिरोमा परी हालसम्म ३३ जनाको मृत्यु भएको छ ।
बाढी पहिरोमा परी १५ जना बेपत्ता भएका छन् भने १२ जना घाइते भएका छन् ।

बाढी पहिरोमा परी ललितपुर र भोजपुरमा पाँचरपाँच जना, काठमाडौं, खोटाङ र काभ्रेमा तीनरतीन जना, मकवानपुर, धादिङ र सिन्धुलीमा दुईरदुई जना तथा ओखलढुंगा, पर्सा, रामेछाप, ईलाम, झापा, सुनसरी, बारा र चितवनमा एकरएक जना गरी ३३ जनाको ज्यान गएको हो ।

बाढी पहिरोमा परेका काठमाडौंमा १०८ जना, उदयपुरमा १० जना, ललितपुरमा ८ जना, सिन्धुलीमा २ जना, सिरहामा २ जना, भक्तपुर, सुनसरी र मकवानपुरमा एकरएक जना गरी १ सय ३३ जनाको सकुशल उद्दार गरिएको प्रहरीले जनाएको छ ।

बाढी पहिरोबाट मकवानपुरमा ४ जना, काभ्रेमा २ जना तथा खोटाङ, रामेछाप, धादिङ, दोलखा, सुनसरीमा र चितवन एकरएक जना गरी १२ जना घाइते भएका छन् ।

सिन्धुलीमा ४ जना, काठमाडौं, ललितपुर, पाँचथर, झापा, उदयपुर, मोरङ, सुनसरी, पर्सा, महोत्तरी, रौतहट, धादिङमा एक/एक जना गरी १५ जना वेपत्ता भएका छन् ।

बाढी तथा पहिरोबाट प्रभावित स्थानहरुमा सम्बन्धित प्रदेशका प्रहरी कार्यालयका प्रमुख, प्रहरी नायब महानिरीक्षकहरु सहित काठमाडौं उपत्यकामा ८८५६ जना, प्रदेश नं १ मा ६३०५ जना, प्रदेश नं २ मा ५७०२ जना, प्रदेश नं ३ मा ३४०५ जना , प्रदेश नं ६ मा ३११२ जना गरि २७,३८० प्रहरी कर्मचारीहरु परिचालित भएका छन् ।विभिन्न स्थानमा भएको बाटो अवरोध समेत प्रहरीले हटाउने कार्य गरिरहेको छ ।

 


  •  
  •  
  •