आगामी ३ दिन प्रमुख नदीमा बहाव बढ्ने, सतर्कता अपनाउन आग्रह

200
  •  
  •  
  •  

काठमाडौं । आगामी तीन दिन देशका प्रमुख नदीहरुमा बहाव बढ्ने बाढी पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आज कन्काई, कमला, बागमती, तिनाउ, पश्चिम राप्ती, बबई, मोहना, मछेली, कान्द्रा, स्याउली, चौधर लगायत नदीका केहि स–साना सहायक नदीमा सतर्कता आसपास सम्म पुग्न सक्ने पनि महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार २६ गतेदेखि ३० गतेसम्म कन्काई, कोशी, कमला, बागमती, नारायणी र यसको सहायक नदीमा बहाव बढ्ने र केहिमा सतर्कता सम्म पुग्न सक्ने (मध्ययम सम्भावना) रहेकाले सतर्कता अपनाउन आग्रह गरिएको छ ।

हेर्नुहोस्


  •  
  •  
  •