आगामी दिन दिन प्रमुख तथा मझौला नदीमा बहाब बढ्न सक्ने, सतर्क हुन आग्रह

396
  •  
  •  
  •  

काठमाडौं । बाढी पूर्वानुमान महाशाखाले आगामी ३ दिन प्रमुख तथा मझौला नदीहरु कन्काई, कोशी, कमला, बागमती, नारायणी, पश्चिम राप्ती, बबई, कर्णालीमा बहाब केहि बढ्ने जनाएको छ । महाशाखाले एक सूचना जारी गर्दै सतर्क रहन आग्रह गरेको छ ।

शुक्रबार तिनाउखोला, कञ्चनखोला, बाणगंगा, अरुणखोला लगायत नवलपरासी, रुपन्देही, कपिलबस्तु, पाल्पा, गुल्मी, रुकुम, दैलेख, सुर्खेत र आसपास भई बहने केहि स–साना खोलाहरुमा आकस्मिक बहाबको उच्च सम्भावना रहेको पनि महाशाखाले जनाएको छ ।

शुक्रबार लमजुङ, तनहूँ, गोरखा, कास्की , पर्वत, म्याग्दी, बागलुङ, स्याङजा, अर्घाखाँची, दाङ, ईलाम, झापा, मोरङ, धनकुटा,सुनसरी, सप्तरी, उदयपुर, सिन्धुली, सर्लाही, धनुषा, रौतहट, बारा, पर्सा, दोलखा, सिन्धुपाल्चोक, काठमाडौँ उपत्यका, नुवाकोट, रसुवा, धादिङ, मकवानपुर, चितवन, रोल्पा, प्यूठान, जाजरकोट, सल्यान, बर्दिया, डोटी र आसपास जिल्ला भई बहने स–साना खोलाहरुमा बहाव बढ्ने र केहिमा आकस्मिक बहाव पनि हुन सक्ने जनाएको छ ।

यसैबीच बुधबार साँझ परेको अबिरल वर्षाले पहिरो जाँदा लमजुङ बेसीशहर नगरपालिका वडा नं ११ चितिमा तिलाहारका स्थानीय जुद्द बहादुर थापाको धन्सार भत्किएरको छ ।

धन्सार भत्किदा ६ जना घाइते भएका छन् । उनीहरुको लमजुङ जिल्ला सामुदायिक अस्पतालमा उपचार भइरहेको छ । १ जनालाई थप उपचारको लागि मनिपाल शिक्षण अस्पताल पोखरा लगिएको छ।

यस्तै वर्षाका कारण जिल्लाका अन्य ठाउँमा पनि क्षति पर्‍याएको छ ।

 

 


  •  
  •  
  •